बिएल संवाददाता
प्रतितिधिसभा सांसद सूर्य थापाले सांसदहरूलाई मिडियाकर्मीहरूले अमर्यादित प्रश्नहरू सोधेको भन्दै आपत्ति जनाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूबीचको प्रश्नोत्तर सकेर बाहिरिने क्रममा संसद रिपोर्टिङमा गएका पत्रकारहरूले ओलीलाई ‘तपाईं हिटलर हो?’ भन्दै प्रश्न सोधेको प्रति आपत्ति जनाएका हुन्।
‘हिजो सम्माननीय प्रधानमन्त्रीलाई लक्षित गरी सोधिएको प्रश्नका प्रति मेरो गम्भीर ध्यानकर्षण भएको छ। उहाँलाई ‘तपाईं हिटलर हो?’ भनेर प्रश्न सोधियो,’ उनले भने।
त्यस्तै उनले आफूलाई पनि मिडियाकर्मीले यस्तै अमर्यादित र गैरजिम्मेवार प्रश्न सोधेको पनि गुनासो गरे।
उनले भने, ‘मलाई नै एकजना मिडियाकर्मीले बुम तेर्स्याएर ‘तपाईं हनुमान हो?’ भनेर प्रश्न गर्नुभयो। सांसदहरूलाई यस्ता प्रश्न गर्न पाइन्छ कि पाइन्न? म यो गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु।’
उनले संसद सचिवालयलाई मिडिया व्यववस्थापनमा ध्यान दिन संसद सचिवालयलाई पनि ध्यानाकर्षण गराएका छन्।
उनले भने, ‘मैले आज संसद सचिवालयलाई पनि ध्यानाकर्षण गर्नेगरी संसद सचिवालयलाई अनुरोध गर्न चाहन्छु। मिडिया व्यवस्थापन यो संसदको छवि कस्तो बनाउँने भन्ने विषयसँग जोडिएको छ। सांसदहरूलाई कस्ता प्रश्न सोध्नें।पेड मिडियाको भुमिका खेल्ने गरी परिचालित ढंगले आरोपति गर्ने गरी प्रश्न सोध्न पाइन्छ कि पाइदैन?’
त्यस्तै उनले प्रश्नोत्तर कार्यक्रममा प्रभु साहले प्रधानमन्त्रीलाई ‘वैदेशिक रोजगारीमा जाने युवाहरूबाट कति पैसा लिनुभयो?’ भनेर गरेको प्रश्नप्रति पनि आपत्ति जनाए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया