बिएल संवाददाता
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली छात्राको मृत्यु प्रकरणमा प्रधानमन्त्री केपी ओलीले चासो देखाएका छन्।
नेपाली छात्राको आत्महत्या शंकास्पद रहेको भन्दै नेपाली विद्यार्थीहरूले छानबिनको माग गरेपछि करिब २०० नेपाली विद्यार्थीहरूलाई कुटपिट गर्दै होस्टलबाट निकालिएको समाचारहरू आएपछि ओलीले चासो देखाएका हुन्।
सोमबार उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ। यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’
भारतको ओडिशास्थित केआईआईटी विश्वविद्यालयमा बीटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या शंकास्पद रहेको त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले बताएका छन्।
नेपाली छात्राको आत्महत्यापछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले घटनाको सत्यतथ्य छानबिन माग गरेपछि उनीहरूमाथि कुटपिट भएको छ। नेपाली विद्यार्थीहरूलाई होस्टल छाड्न निर्देशन दिएको छ। करिब २०० नेपाली विद्यार्थीहरू अलपत्र परेका छन्।
मृतक नेपाली विद्यार्थी प्रकृतिलाई सोही विश्वविद्यालयमा अध्ययनरत एक छात्राले बारम्बार मानसिक तनाव दिइरहेको खुलेको छ।
पूर्वप्रेमी अद्विक श्रीवास्तवले बारम्बार मानसिक तनाव दिएपछि उनले विश्वविद्यालय प्रशासनमा एक महिना अघि नै उजुरी दिएको उनका साथीहरूले बताएका छन्। प्रशासनले ती छात्रलाई कारबाहीको सट्टा नेपाली विद्यार्थीहरूमाथि विभिन्न आरोप लगाउँदै कलेज छाड्न दवाब दिएको खुलेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया