बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा बैठकमा सभामुखले नेपाल प्रहरी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिएकोमा नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन्।
गृहमन्त्रीले प्रहरी विधेयक भनेर नागरिकता विधेयक प्रस्तुत गर्दासमेत सभामुखले पत्तो नै पाएनन्। गृहमन्त्रीले नागरिकता संशोधनसम्बन्धि विधेयक प्रस्तुत गरे, सभामुखले भने प्रहरीसम्बन्धि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल अघि बढाएका थिए।
यत्तिकैमा कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्रीले पेस गरेको विधेयक र सभामुखले छलफल अगाडि बढाउन लागेको विधेयक फरक भएको जानकारी गराएका थिए।
खतिवडाले भने, ‘सभामुख महोदय गृहमन्त्रीज्युले बोल्ने बेलामा नागरिकता विधेयक भन्नुभयो। त्यसलाई प्रहरी विधेयक भनेर फलफल गराइयोस् भन्ने अनुरोध गर्न चाहन्छु।’
‘त्यस्तो भएको हो?’ भन्दै संसद सचिवालयका प्रतिनिधिहरूलाई सोधेपछि सभामुखले भने, ‘उच्चारणमा त्यस्तो भएको भए त्यसलाई सच्याउन सुझाव दिनुभएकोमा धन्यवाद छ। प्रहरी विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव मानेर प्रहरी विधेयकमै छलफल गराइने कुरा जानकारी गराउँन चाहन्छु।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया