बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशको विकासका लागि ल्याइएका अध्यादेश संसदबाट पारित गरेरै छाड्ने दाबी गरेका छन्।
दाङको घोराहीमा नेकपा (एमाले) जिल्ला कमिटीद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूूरा गर्न आफ्नो नेतृत्वको सरकार केन्द्रीत भएको स्पष्ट गर्दै आफूहरू कोहीपनि नेपाली पछाडि नपरोस् भन्ने सोच बोकेर अघि बढेको बताए।
नेपाल अब सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसकेको जनाउँदै उनले दाङको देउखुरीमा पनि सुरुङमार्ग बनाउने योजना रहेको बताए।
‘पहिला मैले सुरुङ, पानीजहाज र रेलका कुरा गर्दा धेरैले गिज्याए, अहिले जनकपुरमा त रेल चलिरहेको छ, त्यो विस्तार हुँदै छ, अब नारायणी नदीबाट तपाईँहरू जलयात्रा सुरु गर्न सक्नुहुन्छ, त्यसलाई गङ्गासम्म लैजान सक्नुहुन्छ, त्यहाँबाट बङ्गाल जान सक्नुहुन्छ’, उनले भने, ‘अहिले पुष्पलाल मार्ग, मदन भण्डारी मार्गजस्त आयोजना निर्माणको काम चलिरहेका छन्। हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्छ, तपाईंहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन।’
प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने बताउँदै महासचिव शंकर पोखरेललाई चुनाव जिताएर नपठाउँदा विकासको अभियान अघि बढाउन आफूलाई केही समस्या भएको बताए।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहालले सत्ता बाहिर पुुगेपछि अहिले आत्तिएर अनेक आरोप लगाएको टिप्पणी गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध आउने कुनै हल्लाको पछाडि नलग्न आग्रह गरे।
लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा लागेकालाई राजासँग मिलेर मास्छौँ भनेर हिँडेकाहरू अहिले बाध्यताले लोकतन्त्रसँग सम्झौता गर्न आएका र उनीहरू नै लोकतन्त्रका मसिहा बनेका भन्दै प्रधानमन्त्री ओलीले चेतावनी दिँदै भने, ‘माओवादीले तत्कालीन राजा ज्ञानेन्द्रसँग लोकतन्त्र मास्ने र प्रचण्ड प्रधानमन्त्री बन्ने गरी सम्झौता गरेको थियो। त्यस्ता मान्छेले हामीलाई लोकतन्त्रको दुहाइ दिन सुहाउँदैन। धेरै बकबास गरेर हिँड्ने हो भने प्रचण्डका धेरै षड्यन्त्रको पर्दाफास गरिदिन नपरोस्।’
यसअघि प्रधानमन्त्रीले ओलीले लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गरेका थिए।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया