बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिन रैतीबाट जनताको दर्जामा पुर्याएको दिन भएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै ओलीले आजको दिन नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन भएको बताएका हुन्।
उनल भनेका छन्, ‘फागुन ७ गते। आजको दिन- हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो। यो दिवसलाई केवल माथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ। मुलुकका लागि यो सबैभन्दा ठूलो परिवर्तन ल्याउने दिने हो।’
उनले नेपालमा हिंसालाई जनयुद्ध भन्न रुचाउनेहरूले प्रजातन्त्र दिवसलाई मान्न नरुचाउने बताए।
उनले भने, ‘यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरू छन् तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्वहरू छँदैछन्। प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन। यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ।’
गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूमा दिवसको शुभकामना दिँदै उनले अमर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान व्यक्त गरेका छन्। ओलीले राष्ट्रिय प्रजातन्त्र दिवस राष्ट्रव्यापीरुपमा मनाउन आग्रह गरेका छन्।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया