बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती राधिका शाक्यले लेखेको किताब कुनै उपन्यास नभएर सत्यमा आधारित भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहमा उनले किताब केहीपनि नमिसिएको २४ क्यारेट सुनजस्तै पुस्तक भएको भन्दै सत्यमाथि कसैले प्रश्न उठाउन नसक्ने बताए।
उनले भने, ‘मैले पढ्दा किताब राम्रै लाग्यो। उपन्यास होईन सत्य कुराको लिखत हो। यो कहानी, कथा होइन यो सत्य हो। यो केही पनि नमिसिएको २४ क्यारेट पुस्तक हो। यसमा केही अन्य कुरा मिसिएको छैन्। पुस्तकमा भएको सत्यमाथि कसैले प्रश्न उठाउन सक्दैन्। म ढुक्क छु, साक्षी छु।’
उनले भने, ‘अर्को यसबाट मैले केही कुराहरू थाहा पाएको छु। केही माग, इच्छाहरू रहेछन्। जन्म दिनमा फूल दिउँ भने भोलिपल्ट याद आउछ। यतिका वर्ष यस्तै गरेर नै गयो। तर मेरो जन्मदिन भने उनले भव्यताका साथ मनाउने गरेकी छन् ।’
यसको साथै, बाँच्ने मर्ने ठेगान नभएर घरखेत सबै सकाएर हिडेको मान्छे भएको हुनाले ‘पाल्न सक्दिन्, पाल्न सक्ने हुत्ती भएको मान्छे होइन’ भनेर पहिले नै प्रष्ट रुपमा भनेको पनि उनले सुनाए।
उनले भने, ‘बाच्ने मर्ने ठेगान छैन्, न खेत छ न घर छ। केहीपनि छैन्। सबै सकाएर हिडेको मान्छे हुँ। एउटा श्रिमती पाल्छु भनेर धाक दिन पनि सक्दिन भनेर भन्ने गरेको थिए। त्यही भएर म पाल्न सक्दिन्। पाल्न सक्ने हुत्ती भएको मान्छे होइन भनेर प्रष्ट भनेको थिए।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया