बिएल संवाददाता
उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले गठबन्धन सरकारले राम्रा कामहरूलाई पूर्णता दिनको लागि प्रतिवद्ध रहेको बताएका छन्।
आइतबार भौतिक समितिको बैठकमा बोल्दै उनले अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरूलाई सरकारले पूर्णता दिने बताएका हुन्।
उनले भने, ‘अहिलेको गठबन्धन सरकारले यो भन्दा अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरूलाई पूर्णता दिनकै लागि यो सरकार प्रतिवद्ध छ। सहरी विकास मन्त्रालय सबैभन्दा कान्छो मन्त्रालय हो। मन्त्रालय स्थापना कालदेखि लिएर अहिलेसम्म काम गर्दैगर्दा बल्ल ०८१ मा आएर सहरी विकास नीति पास भएको छ।’
साथै उनले नयाँ सहरको लागि नयाँ कन्सेप्ट आवश्यक हुने बताए। उनले काठमाडौं उपत्यकाको सहरलाई अगाडि बढाउनका लागि हाम्रै मोडलमा ध्यान दिनुपर्ने बताए।
उनले भने, ‘अब अहिले जुन हाम्रो नयाँ सहरको कन्सेप्ट छ जुन काठमाडौं उपत्यकाको सहरलाई अगाडि बढाउनका लागि समय त लाग्छ। तर काम गर्नको हामी तयार भएर मोडललाई ध्यान दिएर काम गर्नुपर्छ।’
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया