बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ)मा केबलकार निर्माणका कार्यहरू तत्कालका लागि रोक्न माग गरेकी छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तत्काल निर्माण कार्य रोकी आन्दोलनतर पक्षसँग वार्ता गरी सहमति गर्न र थुनामा रहेका नागरिकलाई तत्काल रिहा गर्न माग गरेकी हुन्।
साथै उनले आन्दोलनकारी र सरकारबीच भएको सहमति सरकारले उल्लंघन गरेको बताइन्। आन्दोलनकारीलाई गोली हानेर विकास नहुने उनको भनाइ छ।
उनले भनिन्, ‘पटक पटक प्रहरी प्रशासन र नागरिकबीच झडप हुने, आन्दोलनकारीहरू घाइते हुने हुँदै आइरहेको छ। गोलीसमेत चल्ने र करोडौंको क्षति हुने गरेको छ। हिजोमात्र त्यहाँ अशान्त र असामान्य स्थिति देखापर्यो। अहिले निषेधाज्ञा लागेको छ। यसरी राज्यको अर्कमर्णयताका कारण नागरिकहरू ‘एस’ केवलकार र ‘नो केवलकार’को रुपमा विभाजित भएका छन्। अराजक भएका छन्। आक्रोशित छन्। तर, सरकारले उचित निकास दिन सकेका छैनन्। समाजवादको नारा भजाउने पार्टीहरू नै सरकारमा छन्। सरकारले जनताप्रति देखाएको अभिभावकत्व यही हो त? त्यहाँ संरचनाहरू बनाउँदा विवादरहित बनाउन पर्ने दायित्व त्यहाँको सम्बन्धित आयोजना समिति र राज्यको हो। तर, त्यसो भएन्। यसअघि पनि सम्झौता भएको थियो। त्यसो हुन सकेन्। माघ २२ गते पनि सम्झौता भयो, कार्यान्वयन हुन सकेन्। निःशर्त रिहा गर्ने भनिएकोमा धरौटीमा रिहा गरिएको छ। सहमति उल्लंघन भएको छ। नागरिकप्रति विश्वास डगमगाएको छ। जुन ठाउँमा विकास निर्माणको काम हुँदैछ। त्यही ठाउँमा नागरिकलाई लाठ्ठी प्रहार गरेर, नागरिकमाथि गोली प्रहार गरेर, जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनास? हामी समग्र पार्टीको तर्फबाट यो निर्माण कार्य तत्काल रोक्न माग गर्दछौं।’
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया