बिएल संवाददाता
नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा आउने चाहना भए ०८४ को निर्वाचनमा भाग लिन चुनौती दिएकी छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा उनले कसैको कृपाले सत्तामा फर्किने नसोच्न पनि आग्रह गरेकी हुन्।
उनले भनिन्, ‘नेपालमा लोकतान्त्रिक गणतन्त्र कसैको कृपाले आएको होइन, नेपाली जनताको शक्तिले हासिल गरेको हो। गणतन्त्रमाथि प्रहार स्वीकार्य छैन, त्यति कुरा भन्न पाउने अधिकार यही लोकतन्त्रको देन हो। सत्तामा नै फर्कने चाहना छ भने टीका लगाएर वा कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपभोग गर्दै ०८४ को चुनावमा भाग लिने हिम्मत गर्नुस्। पूर्वराजा र समर्थकहरूलाई मेरो सुझाव छ- कहिल्यै पूरा नहुने झर्ला र खाउँला भन्ने सोचाइ त्यागिदिनुस्।’
साथै उनले पछिल्ला दिनहरूमा संसद जनताको समस्याको छलफल गर्नेभन्दा पनि एक अर्कालाई आरोप प्रत्यारोप गर्ने थलो भएको बताइन्। उनले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाको सन्देशले तरंग पैदा भएको बताइन्।
शाहले प्रजातन्त्र दिवसको शुभकामना सन्देशमार्फत नेपालको उन्नतिका लागि आफूहरू आवश्यक सबै त्याग्न तयार रहेको बताएका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया