बिएल संवाददाता
आज साँझ बोलाइएको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने तयारी गरेको छ।
साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद बैठकमा कुलमान घिसिङलाई पदमुक्त गर्ने विषयमा अन्तिम निर्णय हुन लागेको बालुवाटार स्रोतले बतायो।
ऊर्जामन्त्री दीपक खड्का र कुलमान घिसिङबीच लामो समयदेखि आरोप प्रत्यारोपको श्रृंखला चलिरहेको छ।
घिसिङलाई पदमुक्त गर्ने उद्देश्यले मन्त्री खड्काले गत पुस २२ मै स्पष्टीकरण सोधिसकेका छन्। मन्त्रालयले सोधेको ९ बुँदे स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै कुलमानलाई पदमुक्त गर्ने तयारी भएको स्रोतले बतायो।
मन्त्रालयले सोधेको स्पष्टीकरणमा असन्तुष्टि जनाउँदै कुलमानले पठाएको जवाफमा मन्त्रालयको निर्णयविरुद्ध नै ‘नोट अफ डिसेन्ट’ नै लेखेका थिए। सोही जवाफलाई आधार बनाएर उनलाई पदमुक्त गर्न लागिएको स्रोतले बतायो।
कुलमानको जवाफप्रति असन्तुष्टि जनाउँदै मन्त्री खड्काले अघिल्लो मन्त्रिपरिषद् बैठकमै घिसिङलाई पदमुक्त गर्ने प्रस्ताव लगेका थिए। तर, कांग्रेसकै मन्त्रीहरूले असन्तुष्टि जनाएपछि निर्णय हुन सकेको थिएन।
अब भने कुलमानलाई पदमुक्त गरेको पत्र थमाउन मात्रै बाँकी रहेको बालुवाटार स्रोतले बतायो। कुलमानलाई हटाउने विषयमा मन्त्रिपरिषदमा अनौपचारिक सहमति भइसकेको स्रोतको दाबी छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया