बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम थाइल्यान्डको राजधानी बैंकक उडेकी छन्।
थाई एअरवेजको उडान नम्बर टीजी ३२० मार्फत मंगलबार दिउँसो साढे २ बजे बैंकक गएकी उनी केहीदिनमै स्वदेश फर्किने छिन्।
उनी उपचारका लागि थाइल्यान्ड गएको रास्वपा स्रोतले बताएको छ। गत माघ ३ गते उनी उपचारका लागि नयाँदिल्ली गएकी थिइन्। अहिले थप उपचारका लागि उनी थाइल्यान्ड गएकी हुन्।
तर, सोविताकी स्वकीय सचिव प्रकृति न्यौपानेले भने उनी एनजीओको कार्यक्रमा थाइल्यान्ड गएको बताइन्। उनी उपचारका लागि गएको बारे न्यौपानेलाई कुनै जानकारी छैन।
उनी भन्छिन्, ‘एनजीओको कार्यक्रममा थाइल्यान्ड जानु भएको हो। स्वास्थ्य उपचारबारे मलाई जानकारी छैन।’
सोविताको बैंकक भ्रमणबारे रास्वपाको संसदीय फाँटका पदाधिकारी पनि अनभिज्ञ छन्।
रास्वपाकी एक सांसद भन्छिन्, ‘किन थाइल्यान्ड जानुभयो हामीलाई थाहा छैन। यसबारेमा संसदीय दललाई पनि जानकारी नगराएको बुझिएको छ।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया