बिएल संवाददाता
नेकपा एमालेका सांसद रघुजी पन्तले राजनीतिक रुपमा आह्वान गरेर साथ दिनुपर्यो भन्ने कुरा पूर्वराजा जस्तो मान्छेलाई नसुहाउने बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकपश्चात उनले पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले नेपालमा राजालाई सम्मानपूर्वक संसदबाट गणतन्त्र घोषणा गरेर संविधान बनाएर बिदा गरेकोले अहिले आएर राजनीतिक रुपमा आह्वान गरेर ‘साथ दिनुपर्यो’ भन्नु पूर्वराजालाई नसुहाउँने बताए।
उनले भने, ‘अरु देशमा राजाहरू काटिएका र फालिएका इतिहास छन्। तर हामीले शान्तिपूर्ण तरिकाले, त्यती धेरै दमन गरेपनि राजालाई सम्मानपूर्वक संसदबाट गणतन्त्र घोषणा गरेर संविधान बनाएर बिदा गरेका हौं। यसको साथै उहाँलाई पूर्व राष्ट्राध्यक्षको सम्मान पनि दिएको छ। त्यो खालको सुरक्षा पनि छ, यो सम्मानलाई त हिजोको राजाले बोक्न सक्नु पर्यो नि त्यो सम्मान बोक्न नसकेर राजनीतिक रुपमा आह्वान गरेर साथ दिनुपर्यो भन्ने कुरा प्रचण्डजीलाई सुहाउँछ, राजेन्द्र लिङदेनजीलाई सुहाउँछ। अरु राजनीतिक दलहरूलाई सुहाउँछ पूर्व राजालाई त्यो सुहाउदैँन।’
यसको साथै, उनले जनतामा भएको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने भन्दै चाहेको जस्तो विकास नभएपनि विकासका काम भने भएको बताए।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया