सनीराज शाक्य
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’देखि विभिन्न दलका नेताहरु पुगेका छन्।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्तीका अवसरमा टुँडिखेलमा आयोजना गरेको जलपान समारोहमा सहभागी हुन उनीहरु पुगेका हुन्।
कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद लिमिल्सिना, सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुगेका छन्।
साथै कार्यक्रममा अन्य दलका नेताहरु पनि कार्यक्रममा सहभागी भइरहेका छन्।
यसअघि टुँडिखेलको कार्यक्रममा सहभागी हुनुअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए।
नेताहरुले सिंहदरबार पश्चिम मूलद्वारस्थित रहेको सालिकमा माल्यार्पण गरेका हुन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया