शनिबार, ०७ नोभेम्बर २०२६

गगनलाई प्रकाशशरणको प्रश्नः अरूमाथि आरोप लाग्दा पदबाट हटाउनुपर्छ भन्नुहुन्थ्यो, आफूमाथि लाग्दा के गर्नुहुन्छ?

News Image
• • •

देउवा कांग्रेसका नेता डा. प्रकाशशरण महतले संस्थापन कांग्रेसका सभापति गगन थापालाई ‘अरूमाथि आरोप लाग्दा पदबाट हटाउनुपर्छ भन्नेले आफूमाथि लाग्दा के गर्नुहुन्छ?’ भन्दै प्रश्न गरेका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महतले विगतमा पार्टीका नेताहरूमाथि राज्यसत्ताको प्रयोग गरेर प्रमाणविनै आरोप लगाइएको अवस्थामा समेत गगनले चर्को विरोध गरेको स्मरण गराए।

गगनमाथि पार्टीको आधिकारिकता सम्बन्धी विवादमा बिचौलियासँग १८ करोडको सेटिङमा न्यायाधीशसमेत किनेर आधिकारिकता आफ्नो पक्षमा पारेको आरोप लागिरहेका बेला इतर समूहका नेता महतको यस्तो टिप्पणी आएको हो।

उनले भने, ‘अरूलाई पर्दाखेरि त यिनीहरू सबै खत्तम हुन्, हामी मात्रै पवित्र र ठीक छौँ, अरूलाई सरकारले हटाउनुपर्छ भन्ने साथीहरू आज आफूमाथि त्यस्तै आरोप लागेपछि कसरी हाम्रो विरुद्ध यस्तो भयो भन्दै हुनुहुन्छ?’

उनले रूख चुनाव चिह्न मात्र नभई नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद र राजनीतिक विचारधाराको प्रतीक भएको उल्लेख गर्दै पार्टीको आधिकारिकतासम्बन्धी विषय अदालतमा विचाराधीन रहेकाले त्यसको निर्णय आउन बाँकी रहेको बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!