बिएल संवाददाता
नेपालका राजनीतिक दलहरूको आय-व्यव विवरण सार्वजनिक भएको छ।
८८ वटा दलहरूले निर्वाचन आयोगमा बुझाएको आर्थिक वर्ष २०८०/८१ वर्षको आय-व्यय विवरण अनुसार सत्तारुढ दल नेकपा एमाले सबैभन्दा धनी देखिएको छ। एमाले धनीमात्र नभएर नाफामा समेत देखिएको छ। अन्य दलहरूले भने घाटामा गएको विवरण पेस गरेका छन्।
एमालेले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख ५ हजार आम्दानी गरेकोमा ७ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ। आय-व्यय विवरणअनुसार एमालेले यो वर्ष ६ करोड ९४ लाख रुपैयाँ बचत गरेको छ।
त्यस्तै संसदको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले भने आम्दानीमा रास्वपा र नेकपा एसभन्दा पनि पछि परेको छ।
गत आर्थिक वर्षमा २ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको कांग्रेसले खर्च भने ४ करोड बढी गरेको छ। विवरण अनुसार कांग्रेस २ करोड ३२ लाख रुपैयाँ घाटामा गएको देखिएको छ।
संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र पनि गत आर्थिक वर्षमा घाटामा गएको छ। यद्यपि माओवादीले आम्दानीमा सन्तुलन हुनेगरी खर्च गरेको देखाएको छ।
गत आर्थिक वर्षमा १ करोड ८६ लाख ५३ हजार रुपैयाँ आम्दानी गरेको माओवादीले ५३ हजार मात्र घाटा देखाएको छ।
यता संसदको चौथो ठूलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले भने आम्दानीभन्दा दोब्बर खर्च गरेको छ। गत आर्थिक वर्षमा ३ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको रास्वपाले ६ करोड ५० लाख खर्च विवरण पेस गरेको छ।
यता संसदमा राष्ट्रिय दल बन्न नसकेको नेकपामा एस भने सबैभन्दा धेरै आम्दानी गर्नेमा दोस्रो दल बनेको छ।
एसले पनि आम्दानी र खर्चको विवरण सन्तुलन बनाएर थोरैमात्र घाटामा गएको देखाएको छ। गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार रुपैयाँ आम्दानी गरेको नेकपा एसले ४ करोड ५७ लाख रुपैयाँ खर्च भएको देखाएको छ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया