बिएल संवाददाता
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिले केही पार्टीहरू सरकार बनाउन उद्योग चलाएर हिँडेका दाबी गरेका छन्।
नेकपा एमाले मोरङको १०औं अधिवेशनमा बोल्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सत्ताबाट हटेपछि सहिद र केराको पातको याद आएको टिप्पणी गरे
उनले भने ‘माओवादी अध्यक्षलाई सत्ताबाट हटेपछि सहिदहरूको सम्झना आएको छ। केराको पातको याद आएको छ।’
उनले प्रचण्ड यतिबेला पहिचानको नाममा देशमा फेरि अराजकता मच्चाउन सकिन्छ कि भनेर लागि परेको टिप्पणी गरे। उनले माओवादीले भत्काएका भौतिक संरचनाहरू बनाउन अहिलेको सरकारलाई समय लागेकोसमेत दाबी गरे।
उनले भने, ‘हिजो कोशीका सांसदले नामकरण गरे। नाम राख्न माओवादीका सांसद पनि लाम लागे। सत्ताबाट हटेपछि माओवादी पुनः पहिचानको नाममा अराजकता फैलाउन लागेको छ।’
त्यस्तै उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई ठूलो विषय बनाउँन नहुने पनि बताए। उनले पार्टीको लोकतान्त्रिक जीवन पनि स्वस्थ बनाउनु पर्ने उल्लेख गरे।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया