बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सभापति रवि लामिछानेका निकट मोहन थापा अमेरिकामा पक्राउ परेका छन्।
अघिल्लो साता नेपाल फर्किने क्रममा उनी पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ परेको खुलेको छ। गैरआवासीय नेपाली संघका पदाधिकारीहरूलाई जानकारीमा रहेको उक्त घटना एकसातासम्म गोप्य राखिएको थियो।
थापा बाल्टिमोरस्थित नेपालीहरूको छाता संगठन बानाका पूर्व अध्यक्षसमेत हुन्। उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको अमेरिकास्थित गैरआवासीय नेपाली संघका एक पदाधिकारीले जानकारी गराए।
थापा लामो समयदेखि नेपाल अमेरिका ओहोरदोहोर गरिरहन्थे। रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठसँग पैसा लेनदेनमा मुछिएका थापामाथि नेपालमा सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान सुरु भएपछि अमेरिका फर्किएका थिए।
थापालाई के प्रकरणमा पक्राउ गरिएको भन्ने खुलेको छैन। अमेरिकी ग्रीनकार्ड भएको व्यक्तिले अस्वभाविकरुपमा कुनै देशमा ओहोर-दोहोर गरिरहेमा अमेरिकी अध्यागमनले नियन्त्रणमा लिएर गरेर सोधपुछ गर्ने गरेको एनआरएनएका पदाधिकारीले बताए।
थापा यसअघि अमेरिकामा सवारी चालक अनुमतिपत्र दुरुपयोग गरेको अभियोगमा जेलसमेत परेको खुलेको छ। पछिल्लो समय उनी अमेरिकी नागरिकता रद्द भएपछि ग्रीनकार्ड लिएर अमेरिकामा बस्दै आएका थिए।
थापाको टिमले केहीमहिनाअघि राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणालाई बहष्कारको आह्वान गरेपछि नेपाली समुदायमा गर्न लागिएको कार्यक्रम नै रद्द भएको थियो।
पक्राउ परेका थापालाई अमेरिकी अध्यागमनले नेपाल फिर्ता पठाउने सक्ने नेपालको अध्यागमन विभाग स्रोतले बतायो।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि आप्रवासीविरुद्ध कठोर नीति लिएका छन्। अमेरिकामा गैरकानुनी बसिरहेका गैरअमेरिकीहरूलाई पक्राउ गरेर धमाधम उनीहरूकै देश फिर्ता गरिरहेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया