
बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सिरहा आउँदा आफ्नै परिवारसँग भेटेजस्तो अनुभव हुने बताएका छन्।
माओवादीको तराई मधेस जागरण अभियानका क्रममा सिरहामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले मधेससँग आफ्नो लभ परेको उल्लेख गर्दै यहाँ आउन पाउँदा आफूलाई माइतीघरमा आएजस्तो अनुभव हुने सुनाए। प्रचण्डले आफूलाई दोस्रो संविधानसभामा सिरहाले जिताएर पठाएको स्मरण समेत गरे।
उनले भने, ‘तपाईंहरूसँग भेट्दा आफ्नै परिवारसँग भेटेजस्तो लाग्छ। यहाँ आउँदा म भावुक हुन्छु।’
उनले जनयुद्धकालमा माओवादीले मधेसबाटै सैन्य तालिमको व्यवस्था गरेको बताए। आफूले पहिलोपटक हतियारको तालिम पनि सिराहा-धनुषामा नै लिएको उनले बताए।
जनयुद्धमार्फत उत्पीडित वर्गको पहिचान र अधिकारको लडाईंका लागि सैन्य तालिमको व्यवस्था मधेसबाटै गरेकोले माओवादीलाई अविश्वास गर्नुपर्ने कारण नभएको दाबी गरे।
उनले भने, ‘मैले पहिलोचोटि हतियारको तालिम र बम विष्फोटसँग तालिम लिएको पनि सिराहा-धनुषामै हो। जनयुद्धमार्फत उत्पीडित वर्गको पहिचान र अधिकारको लडाईंका लागि सैन्य तालिमको व्यवस्था मधेसबाटै गरेको हो। त्यसैले माओवादीलाई अविश्वास नगर्नुस। माओवादी तपाईंहरूको मुक्तिका लागि समर्पित पार्टी हो।’
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया