बिएल संवाददाता
शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अपमान गर्दै ह्वाइट हाउसबाट निकालेको विषयमा रुसका पूर्वराष्ट्रपतिले प्रतिक्रिया दिएका छन्।
रुसी पूर्वप्रधानमन्त्री तथा पूर्वराष्ट्रपति दिमित्रि मेदभेदेवले सामाजिक सञ्जालमार्फत जेलेन्स्कीलाई अहंकारी सुँगुरको संज्ञा दिएका छन्।
शनिबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मेदभेदेवले सुँगुरले अमेरिकाको गतिलो झापड पाएको भन्दै व्यंग्य गरे।
उनले लेखेका छन्, ‘त्यो अहंकारी सुँगुरले अन्ततः ओभल अफिसमा गतिलो झापड पाएको छ। र राष्ट्रपति डोनाल्ड ट्रम्प सही छन्ः किनभने किभ सत्ताले तेस्रो विश्वयुद्धका लागि जुवा खेलिरहेको छ।’
भेदभेदेव अहिले राष्ट्रिय सुरक्षा परिषदका उपप्रमुख छन्। परिषदका अध्यक्ष राष्ट्रपति पुटिन हुन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया