बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीले बहुमत नपाउने स्वीकार गरेका छन्।
भैरहवामा सोमबारबाट सुरु भएको देशभरका कांग्रेस क्षेत्रीय सभापतिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अहिलेकै अवस्थामा पार्टीले बहुमत ल्याउन नसक्ने हुँदा सबैभन्दा ठूलो पार्टी बनाउन तयारी गर्नुपर्ने बताए।
‘बहुमत ल्याउन नसके पनि कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्छ,’ उनले भने, ‘कांग्रेस प्रति देशभित्र र बाहिर आकर्षण छ।’
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भैरहवामा आयोजना गरेको प्रशिक्षण सोमबार र मंगलबार चल्ने पार्टीले जनाएको छ।
देशभरका १६५ निर्वाचन क्षेत्रबाट १३० जना क्षेत्रीय सभापति र प्रशिक्षण शाखा प्रमुख गरी २६० जना र ३५ जिल्लाका ७० प्रदेश सभा क्षेत्रका क्षेत्रीय सभापति गरी ३३० जना क्षेत्रीय सभापतिहरूलाई प्रशिक्षण दिइने कांग्रेसले जनाएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया