शुक्रबार, १६ जनवरी २०२६

पारस शाहलाई हृदयघात, पोखरा पुगेका पूर्वराजा काठमाडौं फर्किँदै

News Image
• • •

पूर्वयुवराज पारस शाहलाई मुटुमा समस्या देखिएको छ।

आइतबार हृदयघात भएपछि शाहलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको निर्मल निवास स्रोतले बतायो।

नर्भिक स्रोतका अनुसार शाह अहिले खतरामुक्त छन्। शाहको उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टोली खटिएको छ।

शाहको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

पोखरा भ्रमणमा रहेका पूर्वाराजा ज्ञानेन्द्र शाह अचानक काठमाडौं फर्किन लागेका निर्मल निवास स्रोतले बतायो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!