बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिँदै आएको र अब दिने सबै अनुदान सहायताहरू रोक्न निर्देशन दिएका छन्। ह्वाइट हाउसले अहिले युक्रेनलाई दिँइदै आएको सहायता रकमबारे समीक्षा भइरहेको जनाएको छ।
तीन वर्षअघि रुसले आक्रमण सुरु गरेपछि उसँग लड्नका लागि अमेरिकाले युक्रेनलाई खर्बौंको सैन्य सहायता दिएको थियो। त्यो बेला अमेरिकामा जो बाइडन राष्ट्रपति थिए।
‘हाम्रो राष्ट्रपतिको ध्यानमा मात्रै अहिले शान्ति स्थापनामा केन्द्रित छ। हामी चाहन्छौं कि हाम्रा सहयोगी वा हामीसँग सहयोग लिनेहरू पनि यो लक्ष्यप्रति प्रतिवद्ध होऊन्’ ह्वाइट हाउसका एकजना अमेरिकी अधिकारीले भनेका छन् ‘अहिले हामीले हाम्रो लक्ष्यका निम्ती उपयुक्त छन् कि छैनन् भनेर सबै अनुदान सहायताहरूको समीक्षा गरिरहेका छौं।’
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि युक्रेनलाई सहयोग बन्द गरिएको पुष्टी गरेका छन्।
‘राष्ट्रपति ट्रम्प अहिले दुनियाको एकमात्रै यस्तो नेता हुन् जसले रुस र युक्रेन यद्ध रोकेर शान्ति स्थापना गर्न चाहिरहेका छन्’ उनले भनेका छन् ‘हामी पनि चाहन्छौं युक्रेन शान्तिका लागि वार्ताको टेबलमा आओस् र हाम्रो लक्ष्यलाई सहयोग गरोस्।’
युद्धका लागि अमेरिकाले दिइरहेको सैन्य सहायता युक्रेनमा तीन तरिकाबाट पुग्छ।
पहिलो त सिधै राष्ट्रपतिले दिने पैसा नै हो। दोस्रो भनेको विदेश मन्त्रालय अन्तर्गत अन्तर्राष्ट्रिय सैन्य सहायता हो। अर्को भनेको युक्रेनमा रहेको रक्षा सहायता केन्द्रमार्फत। अहिलेसम्म अमेरिकाले युक्रेनलाई ३१ अर्ब डलर बराबरको सैन्य र अरु सहायता गरिसकेको छ।
ट्रम्पले दोस्रोपटक अमेरिकी राष्ट्रपतिको कार्यकाल सम्हाले लगत्तै त्यो सहायताको बदलामा युक्रेनसँग खनिज मागेका थिए।
संसारमै दुर्भल र बहुमूल्य ती खनिज भएका युक्रेनी भूमि अहिले रुसको कब्जामा छ। रुस-युक्रेन युद्ध रोक्ने अभियानमा लागेका ट्रम्पले त्यसको बदलामा दुबै देशसँग चर्को मूल्य मागिरहेका छन्।
त्यही खनिज सम्झौतामा हस्ताक्षर गर्न ह्वाइट हाउसमा बोलाएर ट्रम्प र उनका उपराष्ट्रपति जेडी भेन्सले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई निकै अपमानजनक तरिकाले निकालेका थिए। त्यसपछि खनिज सम्झौता हुन सकेन र जेलेन्स्की सिधै बेलायत पुगेका थिए।
बेलायती प्रधानमन्त्रीले उनलाई भेटेर सैन्य सहायताको घोषणा गरेका थिए र युरोपेली राष्ट्रका नेताहरूको बैठक बोलाएर युक्रेनको साथमा रहेको सन्देश दिएका थिए। बेलायती प्रधानमन्त्री कियर स्टार्मरले युरोपमा शान्ति स्थापनाका लागि बेलायतले अगुवाइ गर्ने प्रतिवद्धता जनाएका छन्। र, अन्तिम समयसम्म पनि युरोप युक्रेनको साथमा रहने बचन दिएका छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया