बिएल संवाददाता
सरकारले ६ मध्ये ५ वटा अध्यादेश प्रतिनिधिसभामा पेश गर्ने भएको छ।
प्रतिनिधि सभाको फागुन २१ गते बुधबार बस्ने बैठकमा सरकारले भूमि सम्बन्धीबाहेकका अन्य ५ वटा अध्यादेश पेश गर्ने भएको हो। अध्यादेशहरू संघीय संसदको दुवै सदनमा पेश गर्न लागिएको हो।
जसपा नेपालको असहमतिका कारण भूमिसम्बन्धी अध्यादेश भने सरकारले होल्डमा राखेको छ। यसलाई प्रतिस्थापन गर्ने वा विकल्पको रुपमा दलसम्बन्धी विधेयक ल्याएर साना पार्टीलाई दवाबमा राख्ने भन्नेमा गठबन्धन एमाले-कांग्रेस छलफलमै छन्।
प्रतिनिधि सभामा स्पष्ट बहुमत भएपनि राष्ट्रिय सभामा भने जसपा नेपालले साथबिना बहुमत पुग्ने स्थिति छैन। जसपा नेपालले भूमिबाहेक अन्य विधेयकमा समर्थन गर्ने जनाएकोले ती विधेयकहरू मात्र पेश गर्न लागिएको हो।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले भोलिको प्रतिनिधि सभा बैठकमा अध्यादेश पेश हुने जानकारी दिँदै सांसदहरूलाई उपस्थितिको लागि निर्देशन दिएका छन्।
उनले सांसदहरूलाई एसएमएसमार्फत भनेका छन्, ‘माननीय सदस्यहरू, भोलि १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अध्यादेशलाई निर्णयार्थ पेश गर्ने भएकाले अनिवार्य उपस्थितिका लागि अनुरोध छ।’
भोलिको संसद बैठकअघि सभामुख देवराज घिमिरेले मंगलबार दिउँसोका लागि कार्य व्यवस्था, परामर्श समितिको बैठक पनि डाकेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया