बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुमलान घिसिङलाई सरकारले निरन्तर प्रतिशोध साँधिरहेको बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोडसेडिङले मुलुक आक्रान्त पारेको बेला प्राधिकरणलाई नाफामा लाने व्यक्तिमाथि सरकारले हटाउन अनेक बाहाना गरेको भन्दै आपत्ति जनाएका हुन्।
साथै उनले सरकारले कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको भन्दै आपत्ति जनाए। कुलमानले आफ्नो कार्य सम्पादनमा झण्डै ९९ अंक दाबी गरेका थिए। तर, सरकारले शून्य अंक दिएको छ।
उनले भने, ‘नेपाल सरकारको तर्फबाट विद्युत प्राधिकरणका कार्यकारी महाप्रवन्धक कूलमान घिसिङलाई निरन्तर सरकारले प्रष्टीकरण सोध्ने कुरा सँगसँगै त्यति मात्रै होइन हामीले मिडियाहरूमा बारम्बार सुनिरहेका छौं। उहाँको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको हामीले सुनेका छौं। सरकार जसले एउटा राम्रोसँग काम गरेको, निरन्तर विषयवस्तुलाई बेवास्ता गरिरहेको छ। जसले विद्युत प्राधिकरणलाई नाफामा लगेको छ। आम नागरिकले राम्रो भनेका छन्। जनताले विद्युत प्राधिकरणलाई राम्रो भनेका छन्। तर, सरकारले शून्य अंक दिएको भनेर हामीले सुनेका छौं। सरकारको आफ्नै मन्त्रालयको मूल्यांकन नहेर्ने र ठिक ढंगले प्राधिकरणमा काम गरिरहेका व्यक्तिलाई शून्य अंक दिएको छ। त्यतिमात्र होइन्। लोडसेडिङले मुलुक आक्रान्त पारेको बेला प्राधिकरणलाई नाफामा लाने व्यक्तिमाथि निरन्तर प्रतिशोध साँधिएको छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया