बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टेनी विद्रोही समूह हमासलाई कडा चेतावनी दिएका छन्। उनले यसलाई अमेरिकाको तर्फबाट अन्तिम चेतावनी भन्दै सबै बन्धकहरू रिहा नगरेर ठूलो क्षति ब्यहोर्नुपर्ने पनि बताएका छन्।
सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै ट्रम्पले भनेका छन् ‘हामी इजरायललाई ती सबै चिजहरू पठाउँदैछौं जसले इजरायलका कामहरू पूरा हुनेछन्। हमासले यो चेतावनीलाई हल्कारुपमा लियो भने यो निश्चित छ कि उसका कुनै पनि सदस्य सुरक्षित हुने छैनन्।’
बन्धकहरूलाई रिहा गर्नका लागि ट्रम्प आफैले हमाससँग सिधा कुराकानी गरिरहेको पनि जनाएका छन्। तर उनले इजरायललाई कस्तो प्रकारको सहयोग पठाइरहेका छन् भन्ने कुराको जानकारी भने दिएका छैनन्। मात्रै यत्ति भनेका छन् ‘बन्धक रिहाइमा जति ढिला हुन्छ हमासले त्यत्ति नै ठूलो मूल्य चुकाउनुपर्नेछ।’
‘सबै बन्धकहरूलाई तत्कालै रिहा गर। तिमीहरूबाट जतिको हत्या भएको छ ती सबको शव पनि पठाउ। नत्र सबै खतम हुनेछ’ ट्रम्पले भनेका छन् ‘हमासका लागि यो अन्तिम चेतावनी हो। अब गाजा छोड्ने समय आइसकेको छ। गाजाका नागरिकका लागि एक सुन्दर भविष्य उनीहरूलाई पर्खिरहेको छ। तर बन्धकलाई नछोड्ने हो भने तिमीहरू सबै सकिनेछौं।’
अहिले गाजामा युद्ध बिराम भएको छ र हमासले किस्ता किस्तामा बन्धकहरू रिहाइ गरिरहेको छ। गत माघ पहिलो साता कतारको मध्यस्थतामा इजरायल र हमास युद्ध बिराम गर्न सहमत भएका हुन्। १७ महिना चलेको यो लडाईंमा दुबैतर्फ ठूलो क्षति भएको छ।
हमासले अचानक इजरायलमा हजारौं रकेट आक्रमण गरेपछि युद्ध सुरु भएको थियो। त्यो बेला १० जना नेपालीको ज्यान गएको थियो। त्यही आक्रमणका क्रममा हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अहिले पनि अज्ञात छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया