बिएल संवाददाता
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै मिलेर प्राप्त उपलब्धीहरू जाेगाउन र देश बनाउनका लागि आह्वान गरेका छन्।
महाेत्तरीकाो एकडारा गाउँपालिकाले गरेकाे स्वागत समाराेहमा बाेल्दै प्रचण्डले यस्ताे बताएका हुन्।
‘हाम्राे कैयाै बलिदान अनि इतिहासबाट प्राप्त अधिकारहरू जाेगाउनका लागि सबै मिलेर अघि बढ्नुपर्छ। हामी सबै मिलेरमात्रै देश बनाउन सकिन्छ’ उनले भने।
नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’का क्रममा अहिले माओवादीकाे टाेली महाेत्तरीमा छ।
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ। कार्यक्रम भएको स्थल काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र साहको पुर्ख्यौली घर हो, जो हाल गाउँपालिकाले प्रयोग गरिरहेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया