बिएल संवाददाता
नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले केपी ओली कपमा दर्शक कुट्ने एमाले कार्यकर्ताहरू ‘गुण्डा’ नभएर ‘गणतन्त्रका सेनानी’ भएको बताएका छन्।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रिजालले यस्तो दाबी गरेका हुन्।
रिजालले जब लोकतन्त्र र गणतन्त्रमाथि प्रहार हुन्छ, लोकतान्त्रिक गणतन्त्रात्मक नेतृत्वमाथि प्रहार हुन्छ, ती सेनानीहरू चुप लागेर नबस्ने दाबी गरे।
उनले भने,‘सभामुख महोदय, सभ्यताको यो थलो संसदमा एक/दुई दिन अगाडिदेखि बडो असभ्य शब्दहरू प्रवेश हुँदैछ। भर्खर भर्खर जंगलबाट शहरतिर छिरेका जम्मो मन्त्रीहरूले यस्ता शब्दहरू अशिष्ट, असभ्य र असंसदीय सभ्यहरू यहाँ राख्ने निरन्तर प्रयास भएको छ। हिजोमात्रै बिल्ला लगाएको गुण्डाहरू भन्ने जुन यहाँ सुनियो, यो संसदीय शब्द होइन। यो असभ्य शब्द हो। म के चूनौति दिन चाहन्छु भने ती बिल्लाधारी गुण्डा होईनन्, ती लोकतन्त्र र गणतन्त्रका सेनानी हुन्। जब लोकतन्त्र र गणतन्त्रमाथि प्रहार हुन्छ, लोकतान्त्रिक गणतन्त्रात्मक नेतृत्वमाथि प्रहार हुन्छ, ती चुप लागेर बस्दैनन्। जब ती चुप लाग्दैनन्, त्यतिखेर दुनियाँले थाहा पाउनेछ ती सेनानीहरूको ताकद कति हुँदोरहेछ भनेर।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया