बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुर्सीमा बस्दैमा राजा नभइने भन्दै सत्ताकै कुर्सीमा बस्ने भए पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन्।
बिहीबार महोत्तरी पुगेका ओलीले कार्यक्रममा सहभागीलाई देखाउँदै ‘मान्छे कुर्सीमा बस्दा राजा हुने भए तपाईंहरू कुर्सीमा बस्नुभएको छ, राजा हुनु भयो?’ भन्दै व्यंग्य गरे।
उनले भने, ‘नेपाली जनताले फालेको राजतन्त्रलाई फेरि कताबाट कहाँबाट उधिनेर ल्याएर खोइ कहाँ कुर्सीमा राख्छन् अरे। मान्छे कुर्सीमा बस्दा राजा हुने भए त तपाईंहरू कुर्सीमा बस्नुभएको छ, राजा हुनु भयो? कुर्सीमा राख्दैमा राजा भइँदैन।’
त्यस्तै उनले राजनीति नै गर्ने भए छायाँलाई होइन आफैं अघि सर्न चुनौती दिए। अरूलाई अघि सारेर आफू कछुवाजस्तो मुन्टो निकाल्ने र अप्ठ्यारो पर्यो भने फुत्त मुन्टो लुकाउने नगर्न ओलीले पूर्वराजालाई चेतावनी दिए।
ओलीले भने, ‘आउनुस्, चुनाव लड्नुस्, पार्टी खोल्नुस। खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस्। मेरो पार्टी भन्नुस् न। एउटा ‘घोस्ट’ भन्छ नि? छायाँ अगाडि सारेर होइन, आफूलाई अगाडि सार्नुस् न। अनि अलिकति टाउको निकाल्ला निकाल्ला जस्तो गर्ने अनि अप्ठ्यारो पर्यो भने फुत्त तानेर कछुवा तालले टाउको लुकाउने?’
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया