सनीराज शाक्य
तीनकुने बानेश्वर क्षेत्रमा नेपाली सेनाले गस्ती सुरु गरेकाे छ। राजावादी
प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रलाई हिंस्रक बनाएपछि त्यहाँ प्रशासनले कर्फ्यू आदेश जारी गरेसँगै नेपाली सेनाले पनि गस्ती गरेकाे हाे।
यद्यपि याे सेना परिचालन भने हाेइन। यस्ताे बेलामा नेपाली सेना बाहिरिनसक्छ। तर नेपाल प्रहरी र सशस्त्र प्रहरीभन्दा ऊ बाहिरकाे घेरामा हुन्छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीन कुने तथा बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेकाे थियाे।
तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादी प्रदर्शनकारीहरूले व्यक्तिका घरघरमा आगजनी गर्दै आतंक मच्चाउन थालेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेकाे हाे।
यसअघि दिनभरिजसो राजावादीहरूले तीनकुने वरपरका घरहरूमा आगजनीसमेत गरेका छन्।
दिनभरि तीनकुने वानेश्वर क्षेत्र रणभूमिजस्तै भयाे।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया