बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थप करिब ३ हजार जनालाई छिट्टै सहिद घोषणा गर्ने तयारी रहेकाे बताएका छन्।
सहिद प्रतिष्ठान नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजार जनालाई छिट्टै सहिद घोषणा गर्ने तयारी रहेको बताएका हुन्।
उनले यसका लागि मन्त्रिपरिषद्बाट निर्णय भएर राजपत्रका प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताए।
‘यहाँ सहिद घोषणामा छुट भएको कुरा आयो। म तपाईंहरुलाई जानकारी गराउन चाहन्छु कि सरकारले करिब ३ हजार जनालाई छिट्टै सहिद घोषणा गर्दैछ। त्यसको तयारी भइरहेको छ। त्यो सूची गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ,’ प्रधानमन्त्री भने, ‘अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढीसकेको छ।
सहिद घोषणा आफैँमा सामान्य निर्णय नभएकाे भन्दै उनले भने, ‘म सबै सहिद र बेपत्ता परिवारका सदस्यहरुलाई पनि भन्न चाहन्छु, यो निर्णय आफैँमा सामान्य निर्णय होइन। यसले हाम्रा क्रान्तिलाई सम्मानित गरेको छ। युद्धलाई सम्मानित गरेको छ। र, सहिदहरुलाई राष्ट्रिय सहिदको रुपमा सम्मानित गरेको छ। र, हामी बाँचेकाहरुको एउटा ठूलो जिम्मेवारी यो निर्णयले पूरा गराएको छ।’
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया