बिएल संवाददाता
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले एमबीएस तथा एमपीए कार्यक्रमको प्रवेश परीक्षा लोक सेवा आयोगको शाखा अधिकृतस्तरको परीक्षासँगै एउटै दिन तोकिएपछि अखिल (क्रान्तिकारी)ले कडा आपत्ति जनाएको छ।
व्यवस्थापन संकायले आगामी पुस २५ गते बिहान ८ बजे प्रवेश परीक्षा सञ्चालन गर्ने गरी सूचना प्रकाशित गरेको थियो।
तर, सोही दिन लोकसेवा आयोगबाट शाखा अधिकृत पदको लिखित परीक्षा पनि सञ्चालन हुने भएपछि संगठनले परीक्षा मिति तत्काल पुनर्निर्धारण गर्न माग गरेको हो।
अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज निरोज श्रेष्ठ, जनप्रशासन क्याम्पसका स्ववियु सभापति अनिकेत तिवारीलगायतले व्यवस्थापन संकायका सहायक डिनसमक्ष ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको उक्त निर्णय विद्यार्थीको शैक्षिक तथा व्यावसायिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेप भएको बताएका छन्।
लोक सेवा आयोगको तयारी गरिरहेका हजारौँ विद्यार्थीले उच्च शिक्षालाई समेत निरन्तरता दिन चाहेको अवस्थामा एउटै दिन दुईवटा महत्त्वपूर्ण परीक्षा तोक्नु विद्यार्थीमाथिको अन्याय भएको संगठनको ठहर छ। यस्तो निर्णय कुनै पनि हिसाबले विद्यार्थीमैत्री हुन नसक्ने उनीहरूको भनाइ छ।
ज्ञापनपत्रमा देशकै ठूलो र पुरानो विश्वविद्यालयले राष्ट्रिय स्तरका सार्वजनिक परीक्षाको कार्यतालिकासँग सामान्य समन्वयसमेत नगर्नु गैरजिम्मेवार र असंवेदनशील कदम भएको उल्लेख गरिएको छ।
अखिल (क्रान्तिकारी)ले व्यवस्थापन संकायसमक्ष एमबीएस तथा एमपीए प्रवेश परीक्षाको मिति तत्काल पुनर्निर्धारण गर्न, लोक सेवा आयोगको पूर्वनिर्धारित परीक्षा तालिकासँग नजुध्ने गरी नयाँ मिति सार्वजनिक गर्न र आगामी दिनमा विश्वविद्यालयका परीक्षा तालिका निर्धारण गर्दा लोक सेवा आयोगलगायत राष्ट्रिय स्तरका सार्वजनिक परीक्षासँग अनिवार्य समन्वय गर्ने व्यवस्था गर्न तीनबुँदे माग अघि सारेको छ।
मागप्रति बेवास्ता गरिए त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी व्यवस्थापन संकायले नै लिनुपर्ने संगठनले चेतावनी दिएको छ।
विद्यार्थीको शैक्षिक अधिकार र समान अवसरको पक्षमा चरणबद्ध संघर्षका कार्यक्रम अघि बढाउन बाध्य हुने इन्चार्ज निरोज श्रेष्ठ र संयोजक जनक ढुंगानाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ।
विद्यार्थीको भविष्यसँग जोडिएको यस गम्भीर विषयमा तत्काल सकारात्मक निर्णय लिन माग गर्दै अखिल (क्रान्तिकारी)ले प्रवेश परीक्षाको मिति पुनर्निर्धारण नगरिए आन्दोलनमा उत्रिने स्पष्ट चेतावनी दिएको छ।
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया