बिएल संवाददाता
अन्तरक्रियाका लागि भारतकाे राजधानी नयाँ दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आमाकाे काख (जन्मभूमि)जस्ताे प्याराे अरु केही नहुने बताएका छन्।
उनले काम र राेजगारीका लागि संसारकाे जुनसुकै कुनामा पुगेपनि आफ्नाे जन्मभूमिजस्ताे प्याराे अरु केही नहुने बताएका हुन्। उनले १४ वर्ष अमेरिका बस्दाका दिनहरूबारे पनि उल्लेख गरे।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले सबै युवालाई स्वदेश फर्किने वातावरण मिलाउनेछाैँ’, उनले भने, ‘आमाकाे काखजस्ताे प्याराे अरु केही हुँदैन।’ उनले परिवर्तनका लागि स्वदेश फर्किन आग्रह गरे।
रास्वापाले जगाएकाे आशाकाे दियाेलाई फुकेर निभाउने प्रयास भइरहेकाे भन्दै उनले आगामी निर्वाचनसम्म बिचल्लित नहुन र भाेट हाल्नका लागि नेपाल फर्किन उनले आग्रह गरे।
त्यस्तै उनले रास्वपाले सदस्यता शुल्क नलिने नीति लिएकाे तर पार्टी निर्माणका लागि मनकारी व्यक्तिबाट सहयाेगकाे अपेक्षा गरेकाे बताउँदै आर्थिक सहयाेगका लागि अपिलसमेत गरे।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया