बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नाे भारत भ्रमणबारे काठमाडाैँमा नकारात्मक हल्ला फैलिएकाे हुन सक्ने संकेत गर्दै कार्यकर्तालाई सचेत हुने आग्रह गरेका छन्।
शनिबार दिउँसाे नयाँ दिल्लीमा आयाेजित अन्तरक्रियालाई सम्बाेधन गर्दै उनले कार्यकर्तालाई अन्य हल्लाबारे सचेत हुन आग्रह गरेका हुन्। उनले आफ्नाे भ्रमण विशुद्ध कार्यकर्ता भेट र अन्तरक्रियाका लागि मात्र भएकाे स्पष्ट पारे।
‘कहिलेकाहीँ दिल्ली आइरहँदा काठमाडाैँमा कुन चाहिँ सिल्लीले अर्काे हल्ला फैलाइरहेकाे हुन्छ,’ उनले भने, ‘यसलाई भेटेर उसलाई भेट्याे, यहाँ गएर त्यहाँ गयाे भनेका हुन्छन् तर सिल्लीहरुकाे हल्लाकाे पछाडि लाग्न जरुरी छैन।’
उनले आफू नयाँ दिल्ली र हैदरबादकाे कार्यक्रमका लागि आएकाे र अन्य कुनै राजनीतिक भेटघाट नरहेकाे जानकारी दिए।
‘बाटाेमा काेही भेटिए बेग्लै कुरा हाे नत्र म अरु काेहीलाई भेट्न आएकाे हाेइन, नेपाली दाजु-भाइ दिदी-बहिनीलाई भेट्न आएकाे हुँ,’ उनले भने, ‘जसले मलाई मनमा सजाएका छन्, जसलाई मैले मनमा सजाएकाे छु, उनीहरूलाई भेट्न आउँदा कसैले हल्ला फैलाए भने ती हल्लाकाे प्रवाह गर्ने छैन।’
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया