बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई धन्यवाद दिएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पुनले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलिया पुगेको भन्ने गगनको अभिव्यक्तिलाई लिएर धन्यवाद दिएका हुन्।
वर्तमान सरकार बनेदेखि स्वार्थ समूहको काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम भएकाे भन्दै उनले भने, 'आज हामीले मात्रै होइन, सत्तारुढ दलका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन संयन्त्रका सदस्यसमेत रहेका सदस्यले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ भन्नुभयो, ढिलै भएपनि सत्य बोल्नुभएकोमा धन्यवाद छ।
सरकार गठन हुँदादेखि नै बिचौलिया सक्रिय भएको उनकाे आरोप थियाे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया