बिएल संवाददाता
शुक्रबार सुरु भएको संसदको वर्षे अधिवेशनको पहिलो बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिँदै थिए। त्यही बेला उनलाई कुरेर बसेका पत्रकारहरूले भटाभट प्रश्न तेर्स्याउन थाले।
तर सुरुमा त प्रधानमन्त्री बोल्दै बोलेनन्। पत्रकारका प्रश्न र तर्सिएका माइकहरू पन्छाउँदै गाडीसम्म पुगे।
तर पत्रकारहरूले एकपछि अर्को प्रश्न गर्दै रहे।
सुरुमा कसैले सोध्यो- ‘प्रधानमन्त्री ज्यू, बजेट त यही सरकार ल्याउँछ नि?’
उनले त्यसको उत्तर दिएनन् र फटाफट अघि बढे।
फेरि अर्को प्रश्न तेर्सियो- प्रचण्डज्यूले त शेरबहादुर जीलाई जाल फ्याँकिरहनुभएको छ…।’
त्यही पनि उनी बोलेनन्। र गाडीको ढोका खोलेर भित्र छिर्न लागे।
अनि त्यत्तिकैमा फेरि कसैले भन्यो- एक शब्द पनि आएन प्रधानमन्त्री ज्यू…।
अनि ढोकाबाट मुन्टो निकालेर प्रधानमन्त्रीले यत्ति भने ‘१४ महिनापछि मैले राजीनामा दिन्छु अनि शेरबहादुर जी प्रधानमन्त्री बन्नुहुन्छ।’
त्यसपछि उनी गाडीभित्र बसे।
संसदको बजेट अधिवेशन शुक्रबारदेखि सुरु भएको छ। यो अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेगरी समय तय गरिएको थियो। तर प्रमुख प्रतिपक्ष दलका नेता नभएका कारण उनले सम्बोधन गर्न मानेनन्। प्रमुख प्रतिपक्ष दलका नेता नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन्।
शुक्रबारको संसद बैठकमा पार्टीका अरु नेताहरू बोलेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया