बिएल संवाददाता
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओली नेपालको समकालीन राजनीतिको सबैभन्दा प्रभावशाली नेता भएको बताएकी छन्।
मंगलबार काठमाडौँमा संसद्मा केपी ओली पुस्तकको विमोचन गर्दै भण्डारीले ओलीले नेपाली राजनीतिमा शीर्षस्थान बनाउन सफल भएको बताइन्।
ओली समकालीन राजनीतिमा कुशल पहिचान बनाउन सफल भएको भण्डारीको भनाइ छ। ‘यस पुस्तकका नायक केपी शर्मा ओलीज्यू समकालीन राजनीतिक नेताहरूमा कुशल पहिचान बनाउनुभएको नेता हुनुहुन्छ, सर्वाधिक प्रतिभाशाली नेताका रूपमा उच्च स्थान प्राप्त गर्न सफल हुनुहुन्छ’,फभण्डारीले भनिन्।
ओली नेपाली कला, साहित्य, संस्कृति, धर्म, दर्शन र विज्ञान लगायतका विषयमा समेत गहन ज्ञान भएको नेता भएको भण्डारीले टिप्पणी गरिन् ओली सबैका लागि प्रेरणा र ज्ञानको स्रोत भएको उनले बताइन्।
संसद्मा ओलीले गरेको भाषण राजनीतिक हिसाबले मात्र नभएर विधागत ज्ञानका दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेका उनले बताइन्। त्यसैले सो पुस्तक पठनीय र ग्रहणीय ग्रन्थ भएको उनको भनाइ छ।
सो पुस्तक इतिहास अध्ययन गर्न चाहने भावी पुस्ताका लागि महत्त्वपूर्ण हुने भण्डारीले बताइन। उनले पुस्तक एतिहासिक दस्ताबेज बन्ने प्रष्ट पारिन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया