बिएल संवाददाता
आन्दोलनरत शिक्षकहरूले नयाँ शिक्षामन्त्री रघुजी पन्तलाई आफ्ना मागहरूबारे जानकारी गराएका छन्। शनिबार बिहान भएको संक्षिप्त वार्तामा आफ्ना मागहरू बारे जानकारी गराएको शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए।
फेरि वार्तामा बस्नेगरी शनिबार बिहानको वार्ता सकिएको उनले बताए। आज २५ औं दिन पनि शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन्।
आन्दोलनरत शिक्षकहरू र शिक्षामन्त्री रघुजी पन्तसहित पदाधिकारीहरूबीच शनिबार बिहान वार्ता भएको थियो। वार्तामा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापालगायत सहभागी थिए।
बिहीबार शिक्षामन्त्रीका रुपमा सपथ लिएका पन्तले शुक्रबार नै शिक्षकहरूलाई वार्तामा बोलाएका थिए। तर मन्त्रालयले पठाएका शिक्षक प्रतिनिधिहरुका नाम र सिंहदरबार पुगेका शिक्षकहरूको नाम नमिलेपछि उनीहरू फर्किएका थिए।
साँझपख फेरि केही पदाधिकारीहरू शिक्षमन्त्रालय पुगेर नयाँ शिक्षामन्त्रीलाई बधाई दिएका थिए। यसअघि विद्या भट्टराईले राजीनामा दिएपछि रघुजी पन्त शिक्षमन्त्रीमा नियुक्त भएका हुन्।
भट्टराईले पनि पटक पटक उनीहरूलाई वार्ताम बोलाएकी थिइन्। तर कुनै सहमति हुन सकेन।
शिक्षकहरू २५ दिनदेखि काठमाडौंमा आन्दोलित छन्। शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै उनीहरूले वार्तासँगै आन्दोलन पनि जारी राख्ने जनाएका छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया