
बिएल संवाददाता
आन्दोलनरत शिक्षकहरूले नयाँ शिक्षामन्त्री रघुजी पन्तलाई आफ्ना मागहरूबारे जानकारी गराएका छन्। शनिबार बिहान भएको संक्षिप्त वार्तामा आफ्ना मागहरू बारे जानकारी गराएको शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए।
फेरि वार्तामा बस्नेगरी शनिबार बिहानको वार्ता सकिएको उनले बताए। आज २५ औं दिन पनि शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन्।
आन्दोलनरत शिक्षकहरू र शिक्षामन्त्री रघुजी पन्तसहित पदाधिकारीहरूबीच शनिबार बिहान वार्ता भएको थियो। वार्तामा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापालगायत सहभागी थिए।
बिहीबार शिक्षामन्त्रीका रुपमा सपथ लिएका पन्तले शुक्रबार नै शिक्षकहरूलाई वार्तामा बोलाएका थिए। तर मन्त्रालयले पठाएका शिक्षक प्रतिनिधिहरुका नाम र सिंहदरबार पुगेका शिक्षकहरूको नाम नमिलेपछि उनीहरू फर्किएका थिए।
साँझपख फेरि केही पदाधिकारीहरू शिक्षमन्त्रालय पुगेर नयाँ शिक्षामन्त्रीलाई बधाई दिएका थिए। यसअघि विद्या भट्टराईले राजीनामा दिएपछि रघुजी पन्त शिक्षमन्त्रीमा नियुक्त भएका हुन्।
भट्टराईले पनि पटक पटक उनीहरूलाई वार्ताम बोलाएकी थिइन्। तर कुनै सहमति हुन सकेन।
शिक्षकहरू २५ दिनदेखि काठमाडौंमा आन्दोलित छन्। शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै उनीहरूले वार्तासँगै आन्दोलन पनि जारी राख्ने जनाएका छन्।
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
‘फादर्स डे’, विडम्बनाको उत्सव
कांग्रेसभित्र महाभारतका पात्रः को दुर्योधन, को अर्जुन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया