बिएल संवाददाता
धनुषाको लक्ष्मिनियामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्ला दहन गरेका छन्।
शुक्रबारको संसद बैठकमा लिङ्देनले नेपाली कांग्रेसका एक सहमहामन्त्रीका छोराले भाटभटेनीमा लुटपाट गरेको र गृहमन्त्रालयको दवाबमा प्रहरीले पक्राउ परेको केही घण्टामै छोडेको अभिव्यक्ति दिएका थिए।
उनको सो अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै शनिबार (आज) नेपाली कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताले आधा घण्टा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको लक्ष्मिनिया बजारमा चक्का जाम गर्नुका साथै लिङ्देनको पुत्लासमेत जलाएका हुन्।
लिङ्देनले निराधार अभिव्यक्ति दिएको भन्दै उनलाई तत्काल कारवाहीको गर्नुपर्ने माग कांग्रेसका नेता तथा कार्यकर्ताले गरेका छन्।
लिङ्देनले उनको अभिव्यक्तिप्रति माफी नमागे थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया