बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरूको सरकार भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपालको ‘पाँचौ राष्ट्रिय महाधिवेशन शपथग्रहण तथा पद हस्तान्तरण’ कार्यक्रममा उनले यो सरकार भ्रष्टाचारीहरूको रक्षा गर्ने सरकार भएको भन्दै यो कुरा राजनीति विवेक र ज्ञान राख्ने मान्छेले पनि स्वीकार गरेको बताए।
उनले भने, ‘अहिलेको सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरूको सरकार हो भन्ने कुरा सबैलाई थाहा छ। अब त अलिकति पनि राजनीति विवेक र ज्ञान राख्ने मान्छे सबैले पनि स्वीकार गर्न थालेका छन् कि सरकार दलाल पुँजीपति बिचौलिया र नोकरसाहहरूको हित गर्ने, भ्रष्टाचारीहरूको रक्षा गर्ने राम्रो काम गर्नेहरूलाई प्रताडित गर्ने सरकार हो।’
उनले राजावादीहरू कति हिंसक छन् भन्ने कुरा एकै दिनका कार्यक्रममा देखाएको भन्दै राजावादीहरूको रणनीति पूर्ण रुपमा असफल भइसकेको बताए।
उनले भने, ‘राजावादीहरूले भन्ने गरेको होहल्ला र रणनीति पूर्ण रुपमा असफल भइसक्यो। आउने दिनमा पनि विभिन्न घटना हुन सक्छन् यसको लागि जनतालाई सचेत गर्ने जिम्मेवारी पनि हाम्रो काँधमा छ।’
अहिले निर्वाचन भन्ने वित्तिकै सम्पूर्ण रुपले अराजकतावादको अभ्यास गर्ने एउटा विकृत संस्कार भन्ने भाष्य पनि नेपाली समाजमा स्थापना भएको उनको भनाइ छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया