बिएल संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणको निन्दा गरेका छन्।
शनिबार समवेदना सन्देश जारी गर्दै पूर्वराजाले आतंकवादी हमलामा भएको धनजनको क्षतिप्रति भारत सरकारप्रति सहानूभूति व्यक्त गरेका हुन्।
उनले आतंककारी हमलामा हिन्दूवादी यात्रीहरूको निधन भएकोमा अत्यन्त दुःख लागेको बताएका छन्। उनले घटनाका ज्यान गुमाएका नेपालीसहित सबै मृतकहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्।
संवाद सचिव फणिराज पाठकले पूर्वराजाको तर्फबाट जारी गरेको समवेदना सन्देशमा भनिएको छ, ‘‘बसुधैव कुटुम्बकम’को आदर्श अबलम्बन गर्ने सनातनी वैदिक हिन्दू धर्मालम्बीहरूको दिव्य मानवीय मान्यता हो। त्यो मान्यता विपरित यस प्रकारका जघन्य अपराध गर्नु/गराइनु सर्वथा धर्म निषिद्ध पाप कर्म हो भन्ने हामी ठान्दछौं। सम्पूर्ण विश्वक्षेत्र र समग्र हिन्दू समुदायलाई नै मर्मान्त पार्न भएको यस्ता घटनाको जति निन्दा गरे पनि थोरै हुन्छ। त्यस्तो घटनाको विश्वव्यापी भत्सर्ना हुनु पर्दछ र सबैबाट निन्दा गरिनुपर्छ भन्ने हाम्रो धारणा छ।’

निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया