बिएल संवाददाता
प्रमुख सत्ता साझेदार दलका नेताबीच शनिबार राति भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलगायत थिए।
पछिल्लो समय प्रमुख प्रतिपक्ष नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भत्काउनका लागि देउवालाई पटक पटक प्रस्ताव गरिरहेका बेला प्रमुख सत्ता साझेदारबीच भेटवार्ता भएको हो।
देउवा शुक्रबारमात्रै थाइल्याण्ड भ्रमणबाट फर्किएका थिए। त्यो बेला उनले सरकार नढल्ने बताएका थिए। थाइल्याण्ड जानुभन्दा अघि पनि प्रचण्डले देउवालाई फोन गरेका थिए। र फर्किएपछि थप कुराकानी हुने बताएका थिए।
शनिबार राति भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। सरकार परिवर्तनबारे चलिरहेका हल्लाहरूलाई गलत र निराधार भएको सन्देश दिनका लागि पनि भेटवार्ता भएको अर्थमन्त्री विष्णु पौडेलले बताए।
केही समययता नेपाली काँग्रेसका नेताहरूले सरकारप्रति असन्तुष्टी व्यक्त गरिरहेका छन्। तर प्रधानमन्त्री ओलीले भने अब १४ महिनापछि आफूले राजीनामा दिने र सहमतिअनुसार शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताइरहेका छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया