बिएल संवाददाता
नेकपा एमालेको सांसद ठाकुर गैरेले पूर्वराजाले नेपालको संविधानले नचिन्ने ‘श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै कारबाही गर्न माग गरेका छन्।
आइतबार प्रतिनिधिसभामा बोल्दै उनले नेपालको संविधान र अहिलेको व्यवस्थामा ‘श्री ५’ कहाँ छ? भन्दै प्रश्न गरेका हुन्।
उनले भने, ‘हिजो अत्यन्त लज्जास्पद र संविधान विपरितको एउटा वक्तव्य आयो, डा. फणिराज पाठक, संवाद सचिवका नामबाट वक्तव्य प्रकाशित भयो। त्यसको हेडलाइनमा लेखिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव’बाट बक्सेको समवेदना सन्देश। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु- नेपालको संविधान र आजको व्यवस्थापमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव भन्ने कहाँ छ?’
साथै उनले यस्तो लेख्नेमाथि तत्काल कारबाही गर्नुपर्ने बताए। उनले संसद्को सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन भन्दै प्रश्न गरे।
उनले भने, ‘यो लेख्न कसरी सकिन्छ, यस्तो लेख्न कसरी सम्भव भयो? संसद्को सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन? त्यसो गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन? संवाद सचिव नाम रहेका फणिराज पाठक र समवेदना बक्सने ज्ञानेन्द्र वीरविक्रम शाहलाई नेपालको संविधान बमोजिम तत्काल कारबाही गरियोस् भन्ने कुरा म यो सदनमा ध्यानाकर्षण गराउन चाहान्छु।’
पूर्वराजा शाहले शनिबार कश्मीर घटनाप्रति समवेदना वक्तव्य जारी गरेका थिए जसमा श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव लेखिएको छ। उनले जारी गरेका अन्य वक्तव्यमा समेत त्यही लेख्ने गरेका छन्।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया