बिएल संवाददाता
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षी दलले शिक्षकहरूलाई उत्तेजित पार्ने काम गरेको आरोप लगाएका छन्।
आइतबार संसद भवन परिसर नयाँबानेश्वर परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले शिक्षक आन्दोलनलाई गलत दिशामा लैजान प्रतिपक्षीले अनावश्यक उत्तेजित गर्ने काम गरिरहेको दाबी गरे।
उनले प्रचण्डको सरकारले शिक्षकहरूसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा यो अवस्था आएको दाबी गरे।
उनले भने, ‘प्रचण्ड सरकारमा हुँदा शिक्षकहरूसँग भएको सहमति कार्यान्वयन नहुँदा अहिलेको अवस्था आयो।’
उनले ‘सरकारलाई अनावश्यक दवाब दिएर कानून बनाउँन लगायौं’ भन्ने पार्नका लागि गरिएका प्रयासहरू त्याग्न शिक्षकहरूलाई आग्रह गरे।
उनले बानेश्वरमा आइतबार भएको दु:खद झडप आगामी दिनमा दोहरिन नदिन शिक्षकहरू पनि गम्भीर हुनुपर्ने बताए। उनले शिक्षकहरूको जायज माग सम्बोधन गर्न सरकार तयार रहेको दाबी गर्दै शिक्षकहरूलाई विद्यालय फर्किन आग्रह गरे।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया