
बिएल संवाददाता
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले वैशाख १५ गते आज काठमाडौंमा प्रदर्शन गर्दैछ।
गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।
आज दिउँसो १ः३० बजे प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा प्रदर्शन आयोजना हुने राप्रपा नेपालले जनाएको छ।
राप्रपा नेपालको कार्यक्रममा चार राजावादी लिजेन्डहरू एकै ठाउँमा उपस्थित हुने राप्रपा नेपालले दाबी गरेको छ।
अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राजवादीहरूको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टलाई औपचारिक पत्रसहित व्यक्तिगत फोनसम्पर्कसमेत गरेर निम्तो दिएका राप्रपा नेपालले जनाएको छ।
चारजना राजावादी लिजेन्डहरू थापा, लिङ्देन, सुवेदी र विष्ट एकै मञ्चमा उभिने राप्रपा नेपालको दाबी छ।
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
‘फादर्स डे’, विडम्बनाको उत्सव
कांग्रेसभित्र महाभारतका पात्रः को दुर्योधन, को अर्जुन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया