बिएल संवाददाता
२७ दिनदेखि जारी शिक्षक आन्दोलन आइतबार एकाएक उग्र बन्यो। प्रहरीले बल प्रयोग गर्दा ६२ शिक्षक घाइते भए भने केही पत्रकारहरू पनि घाइते भए।
प्रतिपक्षीहरूले शिक्षक आन्दोलनलाई अनावश्यक उत्तेजित बनाइरहेको सत्तापक्षले आरोप लगाइरहँदा प्रतिपक्षी मध्येकै एक दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउँन जाने भएका छन्।
अध्यक्ष नेपाल आज दिउँसो साढे १२ बजे शिक्षक आन्दोलनको समर्थनमा ऐक्यबद्धता जनाउन पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल जान लागेका नेता जगन्नाथ खतिवडाले बताए।
उनले भनेका छन्, ‘२६ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनको समर्थनमा ऐक्यबद्धता जनाउन र सरकारले गरेको हेलचेक्र्याइँ, अपमान र दमनको विरोधमा बैशाख १५ गते दिउँसो १२:३० बजे हामी अध्यक्ष क. माधव नेपालको नेतृत्वमा बिजुलीबजार जानेछौं।’
उक्त विधेयक संसद्को शिक्षा समितिमा छलफलको क्रममा छ। उक्त समितिका सभापति छन् एकीकृत समाजवादीकै सांसद अम्मरबहादुर थापा। उनकै समितिमा अड्किएको छ विद्यालय शिक्षा विधेयक।
समितिले नै विधेयक पारित गर्न समय लगाउँदा संसदमा पेस हुन सकेको छैन। समितिले प्राथमिकतामा राखेर विधेयक पारित गरेको भए संसदमा पेस भएर दुवै सदनले पारित गरेर ऐनको रुपमा जारी भइसकेको हुने थियो।
उक्त समितिकै सभापति थापाले विधेयक पारित हुन समय लाग्ने बताउँदै तत्काल ऐन जारी हुन नसक्ने बताउँदै हिँडेका छन्।
यता उनको पार्टीका अध्यक्ष माधव नेपाल भने शिक्षकहरूको माग चाँडो सम्बोधन गर्न दवाब दिने भन्दै आन्दोलन स्थलमै गएर शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउँदै छन्।
विद्यालय शिक्षा विधेयक अहिले शिक्षा समितिको उपसमितिमा संशोधनसहित छलफलमा छ। उसपमितितिलाई वैशाख २३ गतेसम्मको समय दिइएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया