बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको काम उद्योग खोल्ने र व्यापार गर्ने नभएको बताएका छन्।
सोमबार पार्टीको उद्योग तथा व्यापार विभागले आयोजना गरेको बृहत अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्ता कामको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताउँदै पार्टीको नीति नै त्यही रहेको स्पष्ट पारे।
उनले भने, ‘व्यापारीले व्यापार गर्ने, उद्योगपतिले उद्योग खोल्ने हो। सरकारले व्यापार, उद्योग गर्ने होईन। निजी क्षेत्रलाई दिनुपर्छ भन्ने मान्यता नेपाली कांग्रेसको छ। मलाई विश्वास छ, आर्थिक वर्ष ०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएको सवाललाई सम्बोधन गर्नेछ। आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने छ भन्ने विश्वास लिएको छु।’
देउवाले निजी क्षेत्रले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको बताउँदै कांग्रेस सधैं निजी क्षेत्रको समस्या सुन्ने र त्यसलाई समाधान गर्नेतर्फ अग्रसर रहेको बताए।
उनले निजी क्षेत्रलाई निर्धक्क भएर लगानी गर्न अनुरोध गरे।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया