बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको काम उद्योग खोल्ने र व्यापार गर्ने नभएको बताएका छन्।
सोमबार पार्टीको उद्योग तथा व्यापार विभागले आयोजना गरेको बृहत अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्ता कामको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताउँदै पार्टीको नीति नै त्यही रहेको स्पष्ट पारे।
उनले भने, ‘व्यापारीले व्यापार गर्ने, उद्योगपतिले उद्योग खोल्ने हो। सरकारले व्यापार, उद्योग गर्ने होईन। निजी क्षेत्रलाई दिनुपर्छ भन्ने मान्यता नेपाली कांग्रेसको छ। मलाई विश्वास छ, आर्थिक वर्ष ०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएको सवाललाई सम्बोधन गर्नेछ। आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने छ भन्ने विश्वास लिएको छु।’
देउवाले निजी क्षेत्रले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको बताउँदै कांग्रेस सधैं निजी क्षेत्रको समस्या सुन्ने र त्यसलाई समाधान गर्नेतर्फ अग्रसर रहेको बताए।
उनले निजी क्षेत्रलाई निर्धक्क भएर लगानी गर्न अनुरोध गरे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया