बिएल संवाददाता
२७ दिनदेखि जारी शिक्षक आन्दोलन अझै चर्किने संकेत देखिएको छ।
आन्दोलनको २६औं दिन आइतबार बानेश्वरमा भएको झडपपछि शिक्षकहरूले आन्दोलनलाई थप चर्काएका छन्। सोमबार बिजुलीबजार क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
सडकमा उठेका आवाजलाई वार्ताबाट मत्थर पार्नुको सट्टा दमन गर्ने सरकारको नियतले मानवीय र भौतिक क्षति निम्तिएको भन्दै शिक्षकहरूले आन्दोलनका कार्यक्रमहरूलाई थप शसक्त बनाएका हुन्।
आइतबार शिक्षक आन्दोलनमा पनि प्रहरीले लाठी, बुट र पानीको फोहोरा हानेर बल प्रयोग गर्दा ६२ शिक्षक घाइते भएका थिए। केही पत्रकारहरू पनि चपेटामा परेका थिए। झडपको घटनापछि नेपाल शिक्षक महासंघले देशभरका शिक्षकहरूलाई काठमाडौं केन्द्रीत आन्दोलनका लागि आह्वान गरिसकेको छ।
यता, आँखा, टाउको, खुट्टा, नाक र मुखमा चोट लागेका ९ जना शिक्षक अस्पतालमा उपचाररत छन्। चारजनाको सिभिल, तीनजनाको ट्रमा सेन्टर र दुईजनाको एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ। मुठभेडमा पाँच प्रहरी पनि घाइते भएका छन्।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया