बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग सरकारमा जाँदा गरेको प्रतिबद्धता कांग्रेसले कायम नै राख्ने बताएका छन्।
सोमबार काठमाडौंमा कांग्रेसको उद्योग तथा व्यापार विभागले आयोजना गरेको बजेटसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने भन्दै नयाँ ढंगले काम गर्नेतर्फ सोच्नुपर्ने बताए।
उनले भने, ‘हामी जोखिम उठाउन तयार छौं। यस्तो कुराहरूमा हाल गरिरहेको काम भन्दा फरक ढंगले गर्नुपर्छ। कम्फर्ट जोनबाट बाहिर आएर काम गर्नुपर्छ। नयाँ ढंगले सोच्नुपर्ने छ। नेपाली कांग्रेस अहिले नेकपा एमालेसँग सरकारमा छ। पार्टीको तर्फबाट प्रतिबद्धता र समर्थन छ। अहिलेको प्रतिबद्धताका आधारमा तलमाथि गर्न लाग्दैनौं। यसलाई तिव्र रुपमा अगाडि बढाउँछौं तर यो समयको प्रयोग गर्न चाहन्छौं। सरकार बस्नको लागि मात्र भएर भएन, काम गर्नुपर्छ। परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ। रिजल्टमा काम गर्न चाहन्छौं।’
त्यस्तै उनले सरकारले हात हालिरहेका थुप्रै ठाउँहरूमा राम्रो परिणाम नआएको भन्दै परिणाम नआउने ठाउँमा हात हाल्न छाड्नको लागि सुझाव दिए।
उनले भने, ‘खास गरेर अब समय आयो। जुन हामीले कम्फर्ट जोनमा बसेर काम गर्यौं। अब यसरी गरेर हुँदैन। कतिपय नयाँ सन्दर्भमा जानुपर्ने हुन्छ। सरकारले हात हालिरहेका थुप्रै ठाउँहरू छन जसमा सरकारले हात हाल्दा राम्रो परिणाम आएको छैन्। ती ठाउँमा हात हाल्न छाडिदिए हुन्छ।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया