बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रलाई राज्यले दुर्व्यवहार गरिरहेको भन्दै आपत्ति जनाएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले मिश्रको विचार र व्यवहारप्रति सहमति नभएपनि राज्यले गरिरहेको दुव्र्यवहारप्रति विमति रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन्।
उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष रविन्द्र मिश्र ज्यूको विचार र व्यवहारप्रति सहमति नहोला तर उहाँप्रति राज्यले गरिरहेको दुर्व्यवहारप्रति मेरो घोर विमति छ। त्यसैले त्यसमा सच्याईयोस्।’
त्यस्तै, उनले गत बैशाख १४ गते काठमाडौंमा एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरेको प्रमाणित भएको बताए।
उनले भने, ‘बैशाख १४ गते काठमाडौंमा एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा वाक्य प्रयोग गर्नुभयो कि ‘नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुपर्ने थियो। एक झापु लगाएँ। ठिक गरेर हिरासतमा पुराएँ’ उहाँप्रति आभारी छ कि स्वीकार्नुभयो राजनीतिक प्रतिशोध नै रहेछ। आग्रह गर्न चाहन्छु। आइन्दा कुनै मन्त्री र महामन्त्री यो विषयमा वादविवाद गर्न नआउनुहोला। किनकी प्रधानमन्त्रीले स्वीकारिसक्नुभयो।’
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया