बिएल संवाददाता
क्यानडाको आम चुनावमा प्रधानमन्त्री मार्क कार्नीको लिबरल पार्टीले जित निकालेको छ।
क्यानडेली सञ्चारमाध्यमका अनुसार लिबरल पार्टीले क्यानडाको अर्को सरकार बनाउँने छ। यद्यपि संसदमा उसले बहुमत पाउँछ वा पाउँदैन स्पष्ट भइसकेको छैन।
जितसँगै प्रधानमन्त्री कार्नीलाई दोस्रोपटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। मतपरिणाम सार्वजनिक हुँदैगर्दा कार्नीले समर्थकहरूलाई सम्बोधन गरेका छन्।
उनले आफ्नो सम्बोधनमा अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि निशाना साँधेका छन्।
‘अमेरिकासँगको हाम्रो पुरानो सम्बन्ध अब समाप्त भएको छ। हामीले अमेरिकी विश्वासघातको आघात पार गरिसकेका छौं, हामीले एक अर्काको ख्याल राख्नुपर्छ,’ प्रधानमन्त्री कार्नीले भने, ‘राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न खोजिरहेका छन् ताकि अमेरिकाले हामीमाथि प्रभुत्व जमाउन सकोस्- त्यो कहिल्यै सम्भव हुनेवाला छैन।’
ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने धम्की दिएपछि क्यानडालीहरूमा राष्ट्रवादी भावना विकास भएको छ। यता क्यानडा-अमेरिकाबीच व्यापार युद्ध चर्किने संकेत देखिँदा बैंक अफ इङ्गल्याण्डका पूर्वगभर्नर समेत रहेका उनले क्यानडाली अर्थतन्त्र लयमा ल्याउने मतदाताको विश्वास देखिन्छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया